एजेन्सी । च्याम्पियन्स लिग अन्र्तगतको फुटबल खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० ले हराएको हो । युभेन्ट्सका पाउलो ड्याबालाले फ्रिकिकमा गरेका गोल नै विजयी गोल बन्यो ।
अघिल्लो खेलमा आराम गरेको क्रिस्टियानो रोनाल्डोले पुरा ९० मिनेट मैदानमा बिताएका थिए । समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो ।
युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो रहेको स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया