धर्मगुरुको जन्मोत्सवमा सार्वजनिक बिदा

काठमाडौं । किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६६ औं जन्मोत्सवमा माङसेबुङ गाउँपालिका इलामले सार्वनिक बिदा दिने भएको छ । गाउँपालिकाको बैठकले मंसिर १८ गते पर्ने धर्मगुरुको जन्मदिनमा गाउँपालिकाले बिदाको निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । यो निर्णयलाई किराँत धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् । माङसेबुङ क्षेत्र धूम्रपान मद्यपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

माङसेबुङ गाउँपालिकाको वडा ३ र ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल, सरोकारवालाहरूको सहमति र उपस्थितिमा जाँडरक्सी, माछामांसु, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?