१३ असार २०७९, सोमवार

मापसे चेकजाँचपछि सवारी दुर्घटना झन् बढ्यो

२०७४,माघ,२,मंगलवार ०२:१७

0
Shares

काठमाडौँ, २ माघ -उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको नयाँ पत्रिकामा खबर छ महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार ०२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार

कैलाली । डडेलधुराकाे आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कार्यालय जाने क्रममा आज बिहान लुटिएका छन् । लोकेन्द्रसिंह भण्डारीका

लमजुङ । लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निसास्सीएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा-३ दनाई

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११