नेपालमै यस्तो : ६७ वर्षका बृद्ध संग २१ वर्षिया युवतीको विवाह, तस्वीर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । तपाइले श्री स्वस्थानी ब्रत कथामा पढ्नु र सुन्नु भएको थियो होला ७ वर्षकी गोमा र ७० वर्षका शिव शर्माको बीच विवाह । स्वस्थ्यानी कथामा सुनिएको भन्दा अलिक फरक खालको तर, अहिलेको समयमा आश्चर्य लाग्ने गरी एक युवतीलले आफुभन्दा ४६ वर्ष जेठो बृद्ध संग विवाह गरेकी छिन् ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका–१० याङनाम पुर्खेउली घर भएकी पुजा थाम्सुहाङले आफुभन्दा ४६ वर्ष जेठो बृद्ध संग विवाह गरेकी छिन् । पुजाका बुबासहितको परिवार झापा जिल्लाको माइधारमा बस्दै आएका छन् । २१ वर्षकी पुजाले आफुभन्दा ४६ वर्ष जेठो अर्थात इलामा ६७ वर्षिय बृद्धसंग विवाह गरेकी हुन् ।

अहिले सामाजिक सन्जालमा उनीहरुको तस्वीरसमेत भाइरल भइरहेको छ । उनीहरुको तस्वीर सामाजिक सञ्जालमा राखेर सामाजिक सञ्जालमा शुभकामना दिने र विभिन्न खाले स्टाटस धेरैले लेखिरहेका छन् । उक्त तस्वीर देखेर धेरै अचम्मीतसमेत भएका छन् । उनीहरुले विवाह फागुन १९ गते विवाह गरेका हुन् । तर, विदेशमा भएका पुजाका दाई भन्छन् बैनीले विवाह गरेको भनेर भर्खर थाहा पाउदै छौं । म नै अचम्ममा परे । बुबालाई उपचार गराउन बुबालाई लिएर काठमाडौं आएकी थिई कहिले काठमाडौबाट चाडै फर्र्कीएकी थिइ रे । अगाडिनै विवाह गरेकी हो की थाहै भएन् ।

पाँचथरको याङनाम घर भएका आधार पुजाकै छिमेकी दाई आधार घिमिरे भन्छन् उनीहरुले विवाह गरेका हुन् । तर कहिले गरेको हुन त्यो थाहा भएन् । यस विषयमा परिवारनै उनीहरुको परिवारनै कन्फ्युजमा छ ।

पुजा सिंहप्रसादको पाँचौ श्रीमती हुन् । पुजा भन्छिन्–“ठिटा केटा भन्दा बुढापाकाले सबै कुरा बुझ्ने गर्छन् । केटाहरुले विवाह गरेर ल्याउने अनि छोडेर जान्छन् । डिभोर्स पनि गर्छन् । तनाव हुन्छ । मैले सोचेरै विहे गरेकी हुँ ।”

सिंहप्रसादले आफ्ना नातानातिनाको विजोक भएपछि कान्छी श्रीमती ल्याएको बताएका छन् । पुजाको बुबालाई उपचार गर्न जादा आफुहरु माया प्रेम सिंहप्रसादले बताएका छन् । आफ्ना पहिलाका सबै श्रीमतीहरु कोहि मरेको, कोहि छोडेर गएको बताएका छन् ।

पुजालाई फोन गरेर केहि समय फकाएको र विवाह गर्न प्रस्ताव गरेको सिंहप्रसादले बताएका छन् । विवाह गर्न फोनमा फकाउदै गर्दा पुजा काठमाडौं भएको र विवाह गर्न बोलाएपछि उनी आएको सिंहप्रसादले बताएका छन् । पुजाले आफ्नो श्रीमान बृद्ध भएपनि आफुलाई खुसि बनाएको बताएकी छिन् ।

आफुभन्दा ४६ वर्ष जेठो संग विवाह गर्दा धेरैले नराम्रो भने पनि आफुभने खुसि भएका बताएकी छिन् । उनीहरु भन्छन हामी एक अर्का विना बाच्न सक्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?