२२ असार २०७९, बुधबार

कांग्रेस विवाद : पौडेलले यस्तो माग राख्दा देउवा बोलेनन् !

२०७४,माघ,२,मंगलवार ०१:५३

0
Shares

काठमाडौं, २ माघ – आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे छलफल भएको थियो बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।‘मलाई विश्वास छ, सभापतिजीले यो कार्य चाँडोभन्दा चाँडो गर्नुहुनेछ’, पौडेलले सोमबार साँझ भने । कांग्रेस विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समितिमा २९ जना छन्।पौडेलले भने, ‘मेरो माग केन्द्रीय समिति बैठक तत्काल बोलाएर कांग्रेसलाई एकढिक्कामा राख्नुपर्ने पनि छ ।’गाउँ इकाइदेखि केन्द्रसम्म पार्टीलाई करेक्सन गर्नुको विकल्प नभएको पौडेलले बताए । पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्नेमा पनि आफूले जोड दिएको जानकारी पौडेलले दिए ।  केन्द्रीय समितिको बैठक बोलाउने आफ्नो मागसम्बन्धमा सभापति देउवाले ठोस जवाफ नदिएको पौडेलले बताए प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले अपेक्षित सफलता हात नपारेपछि चुनावको समीक्षा गर्न केन्द्रीय समिति बैठक, महासमिति बैठक वा विशेष महाधिवेशन नै बोलाउनुपर्ने माग कांग्रेसभित्र भइरहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ |

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार ०१:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने

ताजा समाचार

गाउँमा पहलो पटक बिजुली पुगेपछि…
 २०७९,असार,२२,बुधबार १९:४६
अरिङगालले टोकेर बालकको मृत्यु
 २०७९,असार,२२,बुधबार १८:४८