२१ माघ २०७९, शनिवार

सरकारका १ सय दिन : निर्वाचन सबै भन्दा ठुलो उपलब्धि

२०७४,भाद्र,२९,बिहीवार १४:४०

9
Shares

काठमाडौं, २९ भदौ ।शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन पुरा गरेको छ । सरकार निर्माण भएयताको समिक्षा गर्दै सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारको १ सय दिन उपलब्धिपूर्ण भएको दाबी गरे ।सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारप्रति जनताको विश्वास बढ्दै गएकाले सरकारको १०० दिन उपलब्धीपूर्ण भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ । तस्वीर :प्रदीपराज वन्त, रासस
 सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ । तस्वीर :प्रदीपराज वन्त, रासस
 उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय महरा र गोपालमान श्रेष्ठको उपस्थिती थियो । 

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बसुन्धारास्थित पार्टी

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । आज भएको मञ्चको आठौँ वार्षिक साधारणसभा र

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको पाँचौँ

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । संघीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १

ताजा समाचार