काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार बताउनु भएको छ ।
कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उहाँको निष्कर्ष छ । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न पनि स्पष्ट पार्नुभयो । मन्त्री भट्टले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढदै गएको पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया