चुनावपछि ४० दिन बित्यो, तर नतिजा कहिले ?

काठमाडौँ, २ माघ प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको चालीस दिन बितेको छ । ताजा जनमतअनुसार नयाँ सरकार गठन त परै, प्रतिनिधिसभा र प्रदेशसभाले कहिले पूर्णता पाउने हो भन्नेसमेत अझै टुंगो लाग्न सकेको छैन सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र नतोकिदिँदा सातवटै प्रदेशसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २ सय २० जना सदस्यको परिणाम आयोगले रोकिराख्नुपरेको छ । प्रदेश प्रमुख नियुक्तिमा ढिलाइले राष्ट्रिय सभाको घोषित निर्वाचन नै प्रभावित हुने हो कि भन्ने चिन्तासमेत पैदा भएको छ । राष्ट्रिय सभा नबनी प्रतिनिधिसभाले पूर्णता नपाउने र प्रदेशसभा गठन नभई राष्ट्रिय सभाको चुनाव हुन नसक्ने संवैधानिक व्यवस्था छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?