रिर्चाज गर्दा २ लाख जित्न सकिने ! एनसेलले ल्यायो यस्तो योजना

काठमाडौं । नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले रिचार्जमा नयाँ योजना ल्याएको छ । एनसेलले टिभी कार्यक्रम र फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोड योजना घोषणा गरेको छ ।

एनसेल नेटवर्कका प्रिपेड र पोस्टपेड गा्रहकले हप्तामा १ सय रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन् । जसअनुसार घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहकले जनही २ लाख रुपैँया पुरस्कार जित्ने सकिने एनसेलले बताएको छ ।

। यहि १ मंसिरदेखि सञ्चालन भएको उक्त रिचार्जमा चमत्कार योजनाअन्तर्गत हरेक भाग्यशाली ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्न सक्ने एनसेलको दावी रहेको छ । रिर्चाज गरिसकेपछि मोबाइलमा एक विशेष कोड प्राप्त हुनेछ । एसएमएसमार्फत प्राप्त उक्त कोडको आधारमा नै विजेता छनोट गरिने भएकाले उक्त कोड सुरक्षित राख्नुपर्ने पनि एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?