आकाशियो प्याजको भाउ, एकैदिनमा ३० रुपैयाँले बृद्धि

काठमाडौं । दैनिक उपभोग्य बस्तु प्याजको मुल्य अत्याधिक मात्रामा बढेको छ ।

बजारमा हाल प्रतिकिलो प्याजको मुल्य २ सय ३० रहेको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ । नेपाली बजारमा साउन महिनादेखि प्याजको मुल्य निरन्तर मात्रामा बढिरहेको छ ।

भारतबाट आयात हुने प्याजमा प्रतिबन्ध लगाइएको छ । तर अनाधिकृत रुपमा नेपाली बजारमा भारतबाट प्याजको आयात भने भइरहेको छ।

असारसम्ममा प्रतिकेजी प्याजको मुल्य ५० रुपैयाँभन्दा कम रहेको थियो तर प्याजको मूल्य साउनमा मुल्यमा बृद्धि भइ प्रतिकेजी ५५ पुगेको थियो । यससँगसँगै निरन्तर मुल्यमा बृद्धि हुँदै गएको छ ।

साउनबाट लगातार बढिरहेको प्याज असोजदेखि भने दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुगेको थियो । कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेको थियो । भने मंगलबार एक्कसी ३० रुपैयाँले बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?