३१ भाद्र २०७८, बिहीवार

फिफा बरियतामा नेपाल ६ स्थान तल

२०७४,भाद्र,२९,बिहीवार १४:२१


काठमाडौँ, २९ भदौ ।विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोट अन्तर्गत ताजकिस्तान विरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छ ।बंगलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेको श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत छ ।फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । Everest Premiere League शुरु हुन गइरहेको छ । अहिले समय जटिल छ, तर पनि मैदानबाट मनोरञ्जन प्रदान गर्न

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधवार भएको समूह ‘सी’को खेलमा बोरुसिया डर्टमन्डले बेसिकतासलाई २-१ गोलले पराजित गरेको छ। बेसिकतासको घरेलु मैदान

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति खेलिएको समूह ‘सी’को खेलमा आयाक्सले स्पोर्टिङ लिजबनलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको समूह ‘डी’को खेलमा सर्वाधिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडले इन्टर मिलानलाई १-० गोलले

ताजा समाचार