भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला शुरु : ७० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ शुरु भएको छ । नेपाली जुत्ताघरले उक्त मेला शुरु गरेकाे हो ।

नेपालका मेलामा चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले जनाएको छ । मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता तथा चप्पलहरु ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनी पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको समेत आयोजकको दावी रहेको छ । आयोजक नेपाली जुत्ता घरका अनुसार महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध रहेका छन् ।

नेपालमा चर्चित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा पार्टी, स्पोर्टस, लगन, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिला पुरुष दुवैका लागि सिजनल बुटहरु पनि उपलब्ध रहेको आयाेजकले जनाएको छ । मेला यहि मंसिर ६ गतेबाट शुरु भइ मंसिर १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?