नुवाकोटमा ४० हल गोरु जुधाइयो

नुवाकोट, १ माघ – माघे संक्रान्ति पर्वका अवसरमा आज स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजारसहित प्रमाणपत्र दिइयो मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्या¬ङमा पनि दश दश हल गोरु जुधाइएको छ मकर सक्रान्ति पर्वको अवसरमा नुवाकोटका विभिन्न स्थान, धादिङको खाल्टेलगायतमा समेत गोरु जुधाइलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?