घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ६ सय रहेको थियो । तर आज तोलामा ४ सयले कमि भइ ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको छ ।
त्य

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेकोमा आज मुल्यमा कमि आइ ८ सय ५० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?