महिला भलिबल टिमलाई प्रधानमन्त्रीले सम्मान गर्दै

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई आज सम्मान गर्दैछ ।

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सम्मान लागिएको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले महिला भलिबल टिमलाई सम्मान गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ । सरकारले उपाधि विजेता खेलाडीहरुलाई ३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

सोही पुरस्कार रकम प्रधानमन्त्रीमार्फत खेलाडीलाई दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?