१० मंसिर २०७६, मंगलवार ०९:२०

बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी


प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०९:२०

काठमाडौं । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गर्नुभएको छ । ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीसँगै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नुभएको थियो । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताउनुभयो ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गर्नुभयो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ । रासस

प्रतिक्रिया दिनुहोस
तालको बीचमा यस्तो अवस्थामा भेटिइन् रिमा, बाबु पुगेपछि भयो भागाभाग (भिडियो)

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले

टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना हुँदै

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन

नेपाल विद्यापति पुरस्कारद्वारा चन्द्रशेखर उपाध्याय पुरस्कृत

काठमाडौं । साहित्यकार चन्द्रशेखर उपाध्यायलाई विद्यापति पुरस्कार प्रदान गरिने भएको छ । नेपाल