आर्मीले जित्यो खप्तड गोल्डकपको उपाधि

धनगढी, माघ १ –कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालीएको थियो आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो । उपाधीसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ यो आर्मीको यस सिजनको चौथो उपाधि हो गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो एपिएफ भने लगातार चार पटक फाईनलमा पुगेर उपाधि जित्नवाट चुकेको छ । यसअघि जेसिज कप, दुधे गोल्डकप, राईनो कपमा पनि फाईनलमा पराजिभत भएको एपिएफ खप्तड गोल्डकपको पनि फाईनलमा पुगेर पराजित भएको हो । एपीएफका जर्सी नम्वर १२ का खेलाडी सुदिप सिन्ग्राकारले हानेको प्रहार पोलमा लागेर फर्कीएपछि एपीएफले उप विजेतामा चित्त बुझाउन परेको हो । उप विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । म्यान अफ द फाईनल आर्मीका नवयुग श्रेष्ठ भए । दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका थिएनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रिकिक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार फेरी अमृतले बचाएका थिए । पहिलो हाफको अन्त्यमा सन्तोष श्रेष्ठको प्रहार विकेश कुथुले राम्रो बचाऊ गरेपछि पहिलो हाफ गोल रहित नै टुङ्गिन पुग्यो । त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा नवयुग श्रेष्ठले दुई सुनौला अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसैगरी खेलको ८१ औं मिनेटमा नवयुगको पोस्ट नजिकैबाट अर्को प्रहार एपिएफका अमृतले बचाएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुगको अर्को प्रहार अमृतले उच्च स्तरिय बचाऊ गरेपछि नियमित समय पनि गोल रहितमै सकिएको हो । उपाधि जितेपछि प्रतिक्रिया दिदै आर्मका प्रशिक्षक नवीन न्यौपानले लगातार दुई खेल खेल्दा पनि विपक्षीले राम्रो खेलेको भएपनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमेको वताए । एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेलेको भएपनि पाएका केही मौका चुकाउँदा पेनाल्टप्ीमा खेल गुमाएको वताए । प्रतियोगीतामा आर्मीका कप्तान भरत खवास उत्कृष्ठ खेलाडी हुदै यमाहा मोटरसाईकल पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिपेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख भए । सवै विधाका उत्कृष्ट खेलाडीहरुले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन् । उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुस्कार प्रदान गरे । पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टिमको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?