गढीमाई मेलाको विद्रुप पाटो : यसकारण कलंकित छ बलीप्रथा

मनेका गान्धी (भा.ज.पा. सांसद तथा पूर्वमन्त्री)  – नेपालको छिमेकी तथा हितैषी भएको र त्यहाँका जनतालाई जानेको तथा मानेको नाताले नोभेम्बर महिनाको अन्त्यमा हुने गढीमाई मेलामा जनावरको हत्या गर्ने प्रथा त्याग्नुहुन म तपाईँहरू सबैसँग आग्रह गर्दछु ।

गढीमाई मेला प्रत्येक पाँच वर्षमा (नेपालको) बारा जिल्लास्थित बरियारपुरमा लाग्ने गर्दछ र सो मेला यही मंसिरमा लाग्दछ । मेला भन्ने शब्दले उल्लासमय हुनुपर्ने जनाउँछ । एउटा यस्तो घटना, जहाँ तपाईँ आफ्ना छोराछोरीलाई देखाउन लैजानु हुन्छ । एउटा यस्तो उपलक्ष्य, जहाँ तपाईँ आफ्ना परिवार र विश्वलाई मायाँ दर्शाउनु हुन्छ र त्यसबापत माया पाउनुहुन्छ ।

तर गढीमाई मेला हाम्रा अगाडि दैत्यका रुपमा भयावह देखिने गर्दछ, जसको अँध्यारो पक्षले यो उपमहाद्विपलाई नै रङ्मग्याएको छ । यो कसको चाहना हो ? पेशेवर पुजारीहरू, जो मारिएका जनावर र अन्य अथाह रुपबाट थुप्रै रकम कमाउँछन्, गाईवस्तु व्यापारीहरू, मैले उल्लेख गर्नैपर्छ जसले ती जनाबर मार्नका लागि भारतबाट नेपालतर्फ चोरी पैठारी गर्दछन्, अवैध धन्धामा लागेका मानिसहरू र रक्सी बिक्रेताहरू नै महाबली प्रथाका पक्षपाती हुन् । यो मेला संसारभरि नै हिंसात्मक असभ्यताको विगत सबुतका रुपमा प्रचारित छ (हरेक ५ वर्षको अन्तरालमा यो वर्ष लाग्ने गढीमाई मेलामा पशुवली नचढाउन स्थानीय सरकारले लेखेको पत्र आयोजक समितिका सदस्यहरूले बुझ्न मानेनन्–सं.) ।

आयोजकहरूले के घोषणा गरेका छन् भने संसारमा सबैभन्दा बढी पशुबली दिइएको रेकर्ड कायम गर्ने उनीहरूको लक्ष छ । ४८ घण्टाको अवधिमा पाँचलाख जनाबरहरू त्यहाँ गिँडिने छन्— त्यो भनेको प्रत्येक सेकेण्डमा एकभन्दा बढी जनाबरको हत्या गर्ने ! त्यस्ता सज्जन मानिसहरू बसेको मुलुकमा यस्तो रेकर्ड बनाउने कति उदेकलाग्दो कुरा हो ! सयौँ बिगाह जमिन ती जनाबरको रगतमा डुब्दछ र दलदल बन्दछ, जहाँ मानिसहरू उभिन्छन्, रगतको गन्ध कयौँ किलोमिटर परसम्म पुगेको हुन्छ, र महिनौँ दिनसम्म रहिरहन्छ । ती जनाबरहरू पीडाले कराउँदै भौँतारिएर दौडिन्छन्, महिला र बालबालिकाका लुगाहरू त्यही रगतमा लतपतिएका हुन्छन्,……यदि पृथ्वीमा कतै नरक छ भने त्यो यही गढीमाईमा नाङ्गो रुपले देख्न सकिन्छ ।

देवी गढीमाईले आफैँमाथि यस्तो अपमानजनक काम होस भन्ने चाहेकी छैनन्, न त उनी यातनाकी देवी भएको देखिन नै चाहन्छिन् । उनलाई बली चढाइएका राँगा, सुँगुर, बोका, भेडा, कुखुरा, मुसा, खरायो र परेवाका मलमूत्र र रगतमा छोपिएको हुनेछ । यो कुप्रथामा २० हजार राँगाको हत्या पर्दछ जसको कृषिमा आधारित अर्थतन्त्रमा यति ठूलो महत्व छ कि तिनीहरूको बलीबाट दशकौँसम्म नोक्सानी महसुस भइरहन्छ र यस्तो संहारले राँगाको मूल्य ह्वात्तै पाँचशय प्रतिशत बढेर जानेछ ।
गढीमाईले प्रायः भारतीयहरूलाई लक्षित गरेको हुन्छ । बलीका अधिकांश जनाबर भारतबाट अबैध रुपमा लगिन्छ, साथसाथै मेला भर्नेमा अधिकांशतः सीमाना पार गरेर जाने भारतीयहरू नै हुनेगर्छन् । नेपालले यस्तो गतिविधिको आयोजना गर्नु कति दुःखलाग्दो सन्दर्भ हो ! जब कि भारतमा कतिपय जनावरको बलिदानलाई प्रतिबन्ध लगाइसकिएको छ र बाँकीका बारेमा हरेक वर्ष सवाल र समस्याका रुपमा आवाज उठाएर दबाब सृजना गरिन्छ ।

यो कुनै धार्मिक मेला होइन । राँगा–बोकाहरूलाई सीमातिर धपाउन थालिएको छ । बगरेहरूसँग कामको कुरा भइसकेको छ र ट्रकवालाहरूसँग ताजा मासु र हड्डीको ढुवानीका लागि बन्दोबस्त मिलाइसकिएको छ । छाला, कलकत्ता वा चेन्नईका ठेकेदारहरूलाई बेचिसकिएको छ जसले यी माललाई जुत्ता बनाउन पु-याउने छन् । रक्सी, फूल र खाद्य पदार्थका बिक्रेताहरूलाई ठेकेदारी दिइसकिएको छ । यसप्रकार गढीमाईलाई छाला र मासु ब्यापारका रुपमा झारिसकिएको छ । परमेश्वरलाई प्रशन्न बनाउने बहानाको खास्टोभित्र यो मेला जनाबरका छाला, हड्डी र मासुको खेलका रुपमा चलाइदै छ । गढीमाई सबै जनाबरको बली चढाइने अनौठोपनको मेला हो, तर यसलाई ब्यापारिक स्वार्थमा धकेलिँदैछ । यसको अर्थशास्त्र यस्तो छ :

परापूर्व कालमा गढीमाईस्थित गाउँका पूजारीलाई गाउँबाटै खुवाउने र हेरबिचार गर्ने गरिन्थ्यो । पूजारीले मूर्तीमा चढाइएका पूmल, फल र नगदलाई आफ्नो अतिरिक्त आम्दानी बनाउने गर्दथे । समयक्रममा चढाइने बस्तुमा कुनै परिवर्तन आएन, तर गाउँबाट पूजारीलाई हेरबिचार गर्न छाडियो । घर खर्च चलाउन उनले मन्दीरको नजिकै पूल र खाद्य पदार्थका पसल खोल्न उत्प्रेरित गरे, ता कि मन्दिरमा चढाइएका फल र फूल, पसलले बारम्बार बेच्ने र मन्दिरमा चढाइने अनन्त चक्र चलिरहोस् । तर पर्वका अवसरमा मात्र चल्ने भएका कारण पसलबाट दैनिक आम्दानी हुन्छ भनी पूजारी आश्वस्त हुन सकेनन् । तब उनले आपूmसहित कर्जादाता साहु र बगरेलाई मिलाएर त्रि–नर समुह बनाए । त्यसपछि के हुने ?

पूजारीले एउटा ‘दूरदृष्टि’को रचना गरे, जसमा देबीले भनेको कथा हाल्न थालियो कि यदि आपूmलाई जनाबर चढाइएन भने कतिपय प्रकोपका घटना घट्नेछन् । यो अन्धविश्वासलाई सुनियोजित ढङ्गले फैलाइयो । पशुबली नदिएका कारणले गाउँहरूमा भयावह घटना भएका अनगिन्ती किंवदन्ती पूजारीसँग छन् ।

गाउँलेहरू साहुबाट पशुबली दिने पैसा ऋण काढ्दछन् । ऋणवापत जग्गा, जिन्सी वा अन्नबाली साहुलाई बुझाइन्छ । बली दिइएका जनाबरको एक भाग पूजारीलाई दिइन्छ, पूजारीले त्यो, बगरेलाई बेच्छन् । मन्दिरको वरिपरि नै बलीको मासुका साथ मदिराको उपभोग गरेर अवैध रक्सीको ब्यापारबाट मालामाल हुने काम हुन्छ । भविष्यवाणी गरिएको प्रकोपको घटना भएन भने त्यो बली चढाएका कारण नभएको अर्थ लगाउने र यदि घटना भयो भने बली पर्याप्त भएन भनी बली बढाउनुपर्छ भन्ने ।
छोटो समयमै यो प्रवृत्ति गाउँको परम्परा नै बन्नगयो । पूजारी र साहुहरूले यस (परम्परा) लाई बढावा दिए, किनकि यसबाट उनीहरूको आम्दानी बढ्ने भयो । ऋणमा परेका गाउँलेहरूचाहिँ झन् गरिब हुनथाले । अध्ययनहरूबाट के देखिन्छ भने पशुबलीले ठूलो संख्यामा गाउँलेहरू साहुको दामासहीमा पर्नपुग्छन् । (आसामीको) जग्गा जमिन्दार कहाँ पुग्छ भने जग्गावालाचाहिँ जमिनदारको खेताला हुन्छ ।

गाउँको अर्थव्यवस्था भद्रगोल हुनेमात्र होइन, परन्तु यसबाट सामन्त र अर्धरजौटाहरूको शक्ति र सामथ्र्य पनि बढ्न थाल्दछ, जो यस अन्धविश्वासलाई हतियारको रुपमा उपयोग गर्छन् । भारतबाट हुने सबै पशुबलीमा पूर्वरजौटाको पकड रहेको छ, जसले साहुको सहयोगमा जनाबर–हत्यालाई बढावा दिने गर्छन् । चुनाबको समयमा यो गठबन्धनले चुनाबको स्वभावलाई समेत प्रभाव पार्नेगर्छ, जहाँ गाउँलेहरूलाई ऋणमा पारेको छ । पशुबलीले सामाजिक तनाब सृजना गर्दै जातीय विभाजनलाई सशक्त बनाउँछ । अतः पशुबली आर्थिक र सामाजिक क्षतिको कारक भएको छ ।

यो पशुबली महिलाहरूमाथिको हमला पनि हो । देवताहरू सादा, शालिन, उदार र शान्त छन् । देबीहरू भने रक्तपिपासु, हिंसात्मक र क्रुर छन् र रगतबाट मात्र शान्त हुन्छन् । महिलाहरू स्वभावैले पापी हुन्छन् र उनीहरूलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने मान्यता बनाइन्छ । महिलाहरू चेहरा र ब्यवहारबाटै तर्सिएका देखिन्छन् । महिलाहरूलाई दमनमा राख्ने कारणका लागि यस्तो छवि सृजना गरिएको थियो । हो नि, आमाले जन्माउँछिन् अनि पालनपोषण गर्छिन्, उनले राम्रो प्रतिष्ठा नपाउने ? पशुबलीको पक्ष लिनु भनेको महिला भेदभाव र महिलाहरू खराब हुन्छन् भन्ने मिथकलाई निरन्तरता दिनु हो ।

यस्ता कतिपय चलन र परम्पराको अब अवसान हुनैपर्छ । उदाहरणहरू इतिहासभरि भेटिन्छन, कमारा प्रथा, सार्वजनिक फाँसी, बोक्सी दहन, जातिभेद, सती, नरबली, महिला वा दलितलाई मन्दिर प्रवेशमा निषेध इत्यादि । मानव प्राणी नयाँ परिस्थितिअनुकूल भिज्दैजाने जीवतत्व हो । माथि वर्णित चलनहरू हराउँदा मानव जातिलाई कुनै क्षति भएको छैन । भयावह पशुबलीको अन्त्यबाट कुनै क्षति नहुने कुरा पनि त्यही प्रकारले विश्वासका साथ भन्न सकिन्छ । पशुबलीबाट हिन्दूत्वको हितमा हुने केही छैन, जुन पृथ्वीका सबै जीवहरूसँग यथासम्भव सम्बन्ध राख्ने उदार तथा आदर्शवादी धर्म हो ।

भारतीय वैज्ञानिक डा. कृष्णका शब्दमा, “पशुबली क्रुर, घृणित र पुरातन चलन हो । रक्तपातपूर्ण बलीले देख्नेलाई पनि बर्बर बनाउँछ र ठीक वा बेठीककाबिच अन्योल खडा गरिदिन्छ । यदि कुनै मानिसले पशुबलीको समर्थन गर्छ भने, अर्काले नारी तथा बालबालिकाको हत्या वा नरबलीको समर्थन गर्नसक्छ । सभ्य समाजले यस्ता कुरालाई कसरी छुट दिनसक्छ ? सबै धर्म तथा संस्कृति कुत्सित प्रचलनलाई पन्छाएर मात्र उन्नत हुन्छन् । मानव चेतनाको स्वाभाविक विकासका लागि पशुबलीलाई हटाउनु तथा अस्वीकृत गर्नुपर्दछ ।”

धर्म भनेको मान्यतामा आधारित र आदर्शमय हुनुपर्छ । पशुबली क्रुर र घृणित कार्यबाहेक केही होइन । यसले हामीलाई क्षुद्र, कठोर र अज्ञानी साबित गर्दछ । मैले तपाईँहरू (नेपाल) का सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य धेरै मन्त्रीज्यूहरूलाई र विश्वका सयौँ महानुभावहरूलाई समेत यसबारेमा लेखेकी छु । नयाँ नेपालले विश्वसमक्ष कुन प्रकारको छवि प्रस्तुत गर्ने हो, अन्तिम निर्णय त तपाईँहरूले नै गर्ने हो ।

(मनेका गान्धी – स्व.सञ्जय गान्धीकी पत्नी, भारतीय राजनीतिज्ञ, पशु–अधिकारकर्मी, वातावरणवादी तथा पूर्व पत्रकार हुन् ।)
अनु.—चमगौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?