नुवाकोटको पञ्चकन्यामा ६ हल गोरु जुधाइयो

नुवाकोट, १ माघ- मकर संक्रान्तिका अवसरमा नुवाकोटको पञ्चकन्यामा ६ हल गोरु जुधाइएको छ पञ्चकन्यामा जुधाइने गोरु बाइसे चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु/चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दश हल गोरु जुधाइएको बताइएको छ पन्चकन्या गाउँपालिका माओवादी केन्द्रले जितेकोले र बाम गठबन्धन भएकोले कार्यकम नगर्न बिरोध गर्दागर्दै पनि कार्यक्रम सफल भएको एक स्थानीयले बताए |कार्यक्रममा पन्चकन्या गाउँपालिका नेका प्रमुखको प्रत्यासी रामेश्वर थापा, पुर्ब जिल्ला उपसभापति यम ब थापा पन्चकन्या गाउँपालिका ५ का निर्बाचित वडा अध्यक्ष डिल्ली ब थापा पन्चकन्या ३ का वडा अध्यक्ष राम बाबू पराजुली लगायत पन्चकन्या ४ का तरुण दल सभापति किरण कार्कीलगायतको सहभागिता रहेको थियो‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?