जापानी प्रविधीबाट उत्पादित किसानको सिपिभिसी पाइप नेपाली बजारमा

काठमाडौं । किसान पाइप प्रोडक्ट प्रालीले सिपिभिसी पाइप सार्वजनिक गरेको छ ।  प्रालीले आफ्नो नयाँ उत्पादन काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार जापानीबाट कच्चा पदार्थ आयात गरी जापानी प्रविधि र गुणस्तरका मापदण्डलाई पालना गर्दै पाइप उत्पादन गरिरहेको छ ।

जापानी सिक्वीसी कम्पनीको सिपिभिसी उत्पादन नेपाली साझेदरीका रुपमा सिपिभिसी पाइप उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

साथै नेपालका उपभोक्ताहरुले सिपिभीसी पाइपको प्रयोगमा बढवा दिँदै व्यापारमा समेत सहजता प्रदान गर्न सहयोग गर्ने कम्पनीको बिश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?