खप्तड गोल्डकपको आकर्षण बढ्दो, विजेतालाई २१ लाख दिने घोषणा

गगन अयडी धनगढी, माग १ -सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम खप्तड गोल्डकपको आगामी संस्करणका लागि झण्डै दोब्बर पुरस्कार राशी घोषणा गदै दोश्रो संस्करण सम्पन्न भएको छ दोश्रो संकरणको समापन गर्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले तेश्रो संस्करणका लागि विजेतालाइ २१ लाख दिइने जनाएको छ सोमवार धनगढी रङ्गशालामा भएको समापन खेलमा दर्शकहरुले खेलमैदानमा दर्शकको क्षमता र सेवासुविधा विस्तारमा पनि सरोकारवालाले चासो दिनुपर्ने दवाव दिएका छन् राष्ट्रिय खेलकुदा परिषदले पनि धनगढीको खेलक्षेत्रको प्रसंसा गरेको छ । दोश्रो संस्करणको समापनमा आयोजकले मोफसलकै सर्वाधिक रकम पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकपको आगामी संस्करणका लागि झण्डै दोब्बेर पुरस्कार राशी घोषणा गरेको हो अव तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख रुपैयाँ पुरुस्कार दिइने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए सोमवार धनगढी रंङ्गशालामा भएको फाइनल खेलमा दर्शकहशरुको खचाखच उपस्थिति रहेको थियो । रङ्गशालामा रहेका प्याराफिटहरु भरिएर धावन मार्गमा समेत ठाउ अपुग हुनथालेपछि कतिपय दर्शकहरु खेल हेर्न नपाउदै चित्त दुखाएर घर फर्किए यस क्षेत्रका स्थानीयको उल्लेख्य सहभागीतामा दोश्रो संस्करणमै खप्तड गोल्डकपले निकै चर्चा पाइसकेको उल्लेख गर्दै आयोजकले पुरुस्कार राशी लोब्बर वनाएको हो सोमवारको खेल हेर्न आएका दर्शकहरुले अव यस क्षेका सरोकारवालाले धनगढीमा खेल प्रतिको मोहलाइ मध्यनजर गरि रङ्गशालाको स्तरोन्नती प्रति चासो दिनुपर्नेमा जोड दिएका छन् विचागीए टीम एफपिएफ र नेपाल आर्मी विच सोमवार भएको फाइनल खेलमा निर्कै उत्साहित देखिएका दर्शकहरुले समग्रमा दोश्रो संस्करण अत्यन्त राम्रो भएको प्रतिक्रिया दिएका छन् भौतिक सुविधाले पुर्णरुपमा सम्पन्न हुन नसकेको भए पनि आयोजकले मोफसलमै सर्वाधिक धनराशीको प्रतियोगीता आयोजना गरेकोमा उनीहरुले प्रशंसा गरेका छन् समापन सत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव वहादुर विष्टले खेलकुदको हव वन्दै गएको भनगढी शहरको प्रसंसा गरे दोस्रो संस्करणको फाइनल विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?