१३ चैत्र २०७९, सोमवार

फिफा बरियतामा नेपाल ६ स्थान तल

२०७४,भाद्र,२९,बिहीवार १४:२१

0
Shares

काठमाडौँ, २९ भदौ ।विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोट अन्तर्गत ताजकिस्तान विरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छ ।बंगलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेको श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत छ ।फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि शुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन

मधेस प्रदेश । मधेस प्रदेशले जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ

काठमाडौं । युरोकप छनोटमा इटालीले जित हात पारेको छ । आइतबार राति माल्टालाई २-० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६