विमल घर्तीसहित ३ खेलाडीले साग खेल्न नपाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन नपाउने भएका छन् ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाको कारबाहीमा परेका विमलसहित मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशीले साग नखेल्ने भएको हो ।

साग टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग छलफल गर्दै एन्फाले उनीहरुलाई टिम बाहिर राख्ने निर्णय गरेको बताउनुभयो ।

प्रशिक्षक महर्जनले उनीहरुको स्थानमा तीन नयाँ खेलाडी टिममा राखिएको समेत बताउनुभयो । प्रशिक्षक महर्जनका अनुसार टिममा प्रिजेन तामाङ, राजिब लोप्चन र राजेश परियारलाई बोलाईएको छ ।

कुवेतसँगको खेलका लागि भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लब गएपछि एन्फाले टिममा रहेका चार खेलाडीलाई कारबाही गर्दै टिमबाट हटाएको थियो । जसमध्ये मिडफिल्डर सन्तोष तामाङ भने साग खेल्ने टिममा थिएनन् ।

तीनै खेलाडी भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जित्दा टिममा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?