सौन्दर्यमा निखार ल्याउन अपनाऔं यस्ता उपाय…

एजेन्सी । सुन्दर देखिन जो कोही पनि चाहन्छन् । विशेषगरी महिलाहरुको हकमा यो कुरा बढी लागु भएको देखिन्छ । तर, समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थयता, उदाशिनताले अधिकांश मानिसहरु तनावग्रस्त रहन्छन् त्यसमा पनि धेरै महिलााहरुको घर गृहस्थी र बाहिरको काम गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उनीहरु अझ तनावग्रस्त रहने गर्दछन् । तनाव सगै थपिएको थकानले सौन्दर्यमा दुष्प्रभाव अझ बढी परिरहेको हुन्छ । त्यसमाथी दिनभरको थकान सँगै राती राम्रो निन्द्रा नपरे स्वास्थ्य र सुन्दरतामा थप नकरात्मक असर पुर्याइरहेको हुन्छ । राम्रो स्वास्थ्यको लागि निन्द्रा निकै महत्वपुर्ण मानिन्छ त्यसमाथि सौन्दर्यलाई बृद्धि गर्न वा कायम राख्नको लागि त झन हरेक व्यक्तिलाई प्रयाप्त निन्द्राको जरुरत हुन्छ । जब हाम्रो शरीरलाई आराम हुन्छ तब मात्र शरिर स्वस्थ्य बन्छ । त्यसको सिधा असर हाम्रो शरीरको छालामा पर्दछ सौन्दर्य बृद्धिको लागि राम्रो निन्द्राको आवश्यकता पर्दछ । त्यसैले राम्रोसँग निन्द्रा लाग्नका लागि ध्यान पुर्याउनुस् यि कुराहरुमा:-

  • मनलाई शान्ती प्रदान गर्ने खालको पुस्तक पढ्ने जसले मन हलुंगो भइ निन्द्रा लाग्छ ।
  • राती खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्दछ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन ।
  •  वेडमा जानु अगाडी नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राती उठ्नु जरुरी हँदैन ।
  • चिन्ता तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकरात्मक सोच राख्नुपर्छ, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैलि अपनाउने ।
  • सुत्नुअघि ऐना सामु उभिएर हास्नुस र आफैलाई शुभरात्री भन्नुहोस् । यसबाट आफैप्रति संम्वेदनशील बनिन्छ र आफ्नो सौन्दर्यप्रति सेचत भइन्छ ।
  •  सुत्नेबेलामा मुस्कुराउदै आफुले आफैलाई शुभरात्रीको कामना गर्नुहोस, जसले तपाईको अनुहारमा थप उत्साह जगाउछ, थकान बिर्साएर मिठो निन्द्रा लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?