९ चैत्र २०७९, बिहीवार

राजधानीमै २ हजार रोपनीमा गाँजा खेती, प्रहरीको सक्रियतामा नष्ट

२०७४,भाद्र,२९,बिहीवार १४:०६

0
Shares

काठमाण्डौं, २९ भदौ ।प्रहरीले राजधानी काठमाण्डौंमा ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ । राजधानीसंगै जोडिएको गोकर्णेश्वर नगरपालिकाको २ हजार रोपनी जमिनमा गाँजा खेती भेटिए पछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।गोकर्णेश्वर नगरपालिकाको वडा नं.१मा ठुलो परिमाणमा गाँजा खेती भेटिए पछि महानगरिय प्रहरी वृत्त बौद्धबाट खटिएको डिएसपि अच्यूत पुडासैनी नेतृत्वको प्रहरी टोलीले नष्ट गर्न शुरु गरेको हो ।नीजि जग्गामा गाँजा खेती भेटिए पनि यो खेती गरिएको नभई आँफै उम्रिएको स्थानीयले बताएका छन । कुल २ हजार रोपनी क्षेत्रफलमा भेटिएको गाँजा मध्ये झण्डै ६ सय रोपनी क्षेत्रफलमा आज नष्ट गरिएको वृत्तका ईन्चार्ज डिएसपि अच्यूत पुडासैनीले बताए । गाँजा खेती भएको बाँकि क्षेत्रमा निरन्तर सक्रियता बढाई सम्पूर्ण खेती नष्ट गर्ने पुडासैनीको भनाई छ ।हेर्नुस तस्वीर    

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज

काठमाडौं । नयाँ अपराध संहिताले जस्तो सुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने ब्यवस्था गरेको छ । बालबालिकालाई कानुनी

काठमाडौँ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा

काठमाडौं । गएको आइतबारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिबार मण्डिखाटार टेनिस कोर्टमा

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००