बर्खास्तीमा परेका विमलसहित खेलाडीको ठाउँमा तीन जना आए

एन्फाले १३औं दक्षिण एसियाली खेलकुद (साग) टोलीमा तीनजना खेलाडी राखेको छ ।

एन्फाले साग फुटबल टोलीमा प्रेजन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई राखेको हो । एन्फाले बर्खास्तको कारबाहीमा परेका विमल घर्तीमगर, अन्जन बिष्ट र दिनेश राजवंशीको स्थानमा तीन खेलाडी राखेको हो ।

भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि विमलसहित चार खेलाडी ठमेलकाे नाइट क्लबमा भेटिएपछि अनुशासनको कारबाहीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?