‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

काठमाडौँ, १ माघ- स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषयवस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटेका छन करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोरेका छन । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाएका छन पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् त्यसैगरी स्थानीय निकायका जनप्रतिनिधिले जनताको आकाङ्क्षामा भरोसा राख्ने, छिमिकी गाउँ/नगरसँगको स्वस्थ प्रतिस्पर्धा, आपसी सहयोग, वित्तीय व्यवस्थापन, स्थानीय कर आदिको व्यवस्थापन गर्ने विषयसमेत समेटिएको छ अष्ट ‘ज’ अभियान नेपालले आयोजना गरको सो कार्यक्रममा सहभागी वक्ताले पुस्तकको विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?