बाल दिवसका अवसरमा अन्तरक्रिया

महेन्द्र चापागाई / नवलपरासी, २९ भदौ ।बाल दिवसको अवसर पारेर नवलपरासीको कावासोतीमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । स्थानीय हरियालि संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजनामा कावासोती १० स्थित जनचेतना प्रा० वि० मा वालमैत्री शासन, बाल अधिकारको सम्मान विषयक अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । वातावरण जनजागरण बिकास मञ्चका अध्यक्ष सुधन लम्सालको अध्यक्षतामा तथा कावासोति १० का वडा अध्यक्ष टेक नारायण महत्तोको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तक्र्रिया कार्यक्रममा बिद्यार्थीहरुलाई कापी र कलम वितरण गरियको थियो । अन्तत्र्रिmयामा कावासोति स्वास्थ चौकीका प्रतिनिधि प्रदिप चन्द्र लामिछाने, बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष बिकनि महत्तो, मनास्लु मिल्कका अध्यक्ष नन्दु रिजाल लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक हरियालि संस्थाका अध्यक्ष एल एन दवाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?