राष्ट्र बैंकले चार अर्ब ८१ करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागी दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?