सिंगापुरमा ४ नेपाली सम्मानित

काठमाडौं । सिंगापुरमा सम्पन्न भएको छैठौँ अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन्।

विभिन्न ३० राष्ट्र आएको २५ विधाबाट करिब ४ सय वटा नोमिनेसनमा नेपालबाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए। जसमा चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेन्ट डाइरेक्टर निशु कान्त झालाई सम्मानित भएका छन।

उनीहरुलाई एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले सम्मान गरेका थिए।

त्यसैगरि महिलातर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालबाट युवा व्यवसायी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भए।

सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तर्राष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?