सुन तथा चाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजार आज सुन तथा चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ७ सय रहेको थियो । आज प्रतितोला छापावाला सुनको मुल्यमा एक सयले कमि आइ प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ३ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ६० रहेकोमा आज मुल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?