एमालेसँग एकताका लागि पछि हट्दैनौं : प्रचण्ड

काठमाडौं, १ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच एकताबाट पछि नहट्ने बताएका छन् जनताले कम्युनिस्टहरुको केन्द्र बनाउने प्रस्तावलाई अनुमोदन गरेको दाबी गर्दै उनले अब त्यसलाई कार्यान्वयन गर्ने जिम्मा आएको बताए तारेभीर महोत्सवको उद्घाटन गर्दै उनले जनताुँग गरेको बाचा अनुसार बलियो कम्युनिस्ट केन्द्र निर्माण गरेर विकास निर्माणतर्फ अघि बढ्ने बताए उनले भने, ‘एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं ।’ अब देशमा स्थायी सरकार बन्ने दाबी गर्दै त्यसपछि विकास निर्माणको कामले गति लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?