२१ असार २०७९, मंगलवार

वीर अस्पतालका नर्सहरु पनि आन्दोलित

२०७४,माघ,१,सोमवार ०८:१२

0
Shares

नर्सहरुलाई न्याय गर्न सरकारसँग माग गर्दै वीर अस्पतालका नर्सहरुले पनि विरोध प्रर्दशन जारी राखेका छन सोमबार पनि वीर अस्पतालका नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निश्कासनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै ३ घण्टा काम छोडेर विरोध प्रर्दशन गरेका हुन । हातमा कालोपटी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले नर्सहरुको सेवा, सुविधा वृद्धि गर्नुपर्ने सहितका ११ बुदे माग राखेका छन । नर्सहरुमाथि न्याय दिलाउन सरकारसँग माग गरेर विरोध प्रर्दशनमा उत्रनु परेको नेपाल नर्सिंङ संघकी महासचिव लक्ष्मी केसीले जानकारी दिइन । उनले नर्स पेशालाई राज्यले न्याय नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिइन नर्सहरुले स्वास्थ्य मन्त्रालय अन्तरगत छुट्टै नर्स महाशाखा स्थापना गरी नर्सिङ पेशालाई व्यवस्थित बनाउन पनि सरकारसँग माग गर्दै आएका छन ।

प्रकाशित मिति: २०७४,माघ,१,सोमवार ०८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६