रनवेबाट निस्किएर विमान समुद्रको किरानमा पुगेपछि…

इस्तानबुल, १ माघ । टर्कीको विमानस्थलमा एउटा यात्रुबहाक विमान रनवेबाट चिप्तिएर समुद्रको किनारमा पुगेको छ सो क्रममा विमानका यात्रुहरु त्रासका कारण विमानभित्र भागाभागको अवस्था सिर्जना भएको थियो । पेगासस एयरलाइन्सको बोइङ ७३७–८०० विमान १ सय ६८ जना यात्रु र चालक दलका सदस्यसहित टर्कीको राजधानी अंकाराबाट उडेको थियो सो विमान काला सागरको तटमा रहेको ट्र्याबजोनमा अवतरण गरेको थियो । विमानस्थलको धावनमार्ग समुद्रबाट थोरै उचाईमा रहेको छ । सो विमानस्थलको किनारामा माटो र त्यसको सिधा मुनी समुद्र रहेको छ धावनमार्गमा अवतरण गर्दै गरेको विमान धावनमार्गको बाटोबाट चिप्लिएर समुद्रतिर मोडियो र समुद्रको किनारमा गएर रोकिन पुग्यो विमानको अघिल्लो भाग समुद्र नजिकै पुगेपनि समुद्रमा खस्नबाट मुस्किलले बचेको थियो । गभर्नर युसेल यावुजले विमानमा रहेका सबै यात्रु सुरक्षित बाहिर निकालिएको जानकारी दिएका छन् । अधिकारीहरुले यो दुर्घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?