साग पुरुष फुटबल : नेपालले बंगलादेश र भुटानसँग खेल्ने

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । पुरुष फुटबलमा नेपाल र भारत भने अलग अलग समूहमा परेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ, भने भारत समुह बी मा परेको हो । नेपालको समूहमा बंगलादेश र भुटान रहेको छ ।

नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर १ मा हुनेछ । यस्तै डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ ।

सागको पुरुष फुटबलमा नेपाल साविक विजेता हो । भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो ।

अर्को समूह समूह ‘बी’ भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । पुरुष फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छ । फाइनल खेल डिसेम्बर १० मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?