हेर्नुहोस् सुन तथा चाँदीको बजारभाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा ३ सय रुपैयाँले गिरावट आएको छ । विहिबार प्रतितोला छापावाला सुनको मुल्य ७२ हजार रहेको थियो । आज सुनको मुल्यमा कमि आइ प्रतितोला छापावाला सुन ७१ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ७१ हजार ४ सय रहेको पनि महासंघले जनाएको छ ।

साथै आज चाँदीको मुल्यमा भने कुनैपनि परिवर्तन आएको छैन। विहिबार प्रतितोला चाँदीको मुल्य ८ सय ६० रहेकोमा आजपनि त्यहि मुल्य कायम रहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?