१७ असार २०७९, शुक्रवार

कास्कीमा ६५ हजारले गरे स्वास्थ्य बीमा

२०७४,माघ,१,सोमवार ०७:०९

0
Shares

पोखरा, १ माघ । कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्ता गराएका ३८ हजार नागरिकले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु तीन करोड ५० लाख भुक्तानी गरिसकेको छ विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको र बीमा दर्ता गरेका सदस्यले कास्कीका १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाइरहेका छन् । समितिले एक्सरे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेशिन पनि उपलब्ध गराएको छ कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् जिल्लामा हाल १०५ जना बीमा दर्ता सहयोगी जिल्लाको एक महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । यो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्नेछ । प्रति पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० योगदानमा आधारित रकम बुझाउनु पर्नेछ परिवारमा पाँचजनाभन्दा बढी सदस्य भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम बुझाउनु पर्नेछ । सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार रहेको छ र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ ।

प्रकाशित मिति: २०७४,माघ,१,सोमवार ०७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१