कतारबाट भित्रियो सबैभन्दा धेरै रेमिट्यान्स, कुन देशबाट कति आयो?

काठमाडौं । नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । नेपालीहरु श्रम तथा अन्य शिलशिलामा विश्वका विभिन्न मुलुकमा रहेका छन् । त्यो मध्ये धेरै नेपालीहरु साउदी, कतार, मलेसिया, दुवै तथा अन्य खाडी मुलुकमा श्रमको शिलशिलामा रहेका छन् । साथै अन्य देशबाट नेपालमा भित्रिने रकम अर्थात रेमिट्यान्समा पनि खाडी मुलुकहरुको नै वर्चस्व रहेको पाइएको छ ।

हाल नेपालमा विश्वका ३९ देशहरुबाट रमिट्यान्स भित्रिने गरेको विश्व बैंकको तथांकले देखाएको छ । चालु आर्थिक वर्ष सन् २०१९ मा अन्य मुलुकबाट ८ अर्व ६४ करोड ३० लाख अमेरिकी डलर अर्थात ९ खर्ब ८५ अर्व रुपैयाँ नेपाल भित्रिएको विश्व बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै यस आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन जिडीपीको २९ दशमलब ९ प्रतिशत योगदान रेमिट्यान्सको रहेको पनि विश्व बैंकले जनाएको छ । त्यस्तै सन् २०१८ मा ८ खर्ब ३१ करोड अमेरिकी डलर रेमिट्यान्स नेपालमा भित्रिएको थियो ।

नेपालमा रेमिट्यान्स भित्राउने देशहरुको वरियताको आधारमा कतार पहिलो नम्वरमा रहेको छ । भने साउदी अरव तथा भारत क्रमश दोस्रो र तेस्रो नम्बरमा रहेका छन् । सन् २०१८ मा २ अर्ब २२ करोड ७० लाख अमेरिकी डलर कतारबाट नेपाल भित्रिएको विश्व बैंकको तथ्यांकले देखाएको छ । भने साउदीबाट २ अर्ब ३ करोड ९० लाख तथा १ अर्ब ३३ करोड ७० लाख अमेरिकी डलर भारतबाट भित्रिएको पाइएको छ ।

त्यस्तै अर्को खाडी मुलुक मलेसियाबाट ७४ करोड ५० लाख अमेरिकी डलर सन् २०१८ मा नेपाल भित्रिएको थियो । श्रम सुरक्षा चुनौतीका बिभिन्न कारणले गर्दा पछिल्लो समय मलेसिया जाने कामदारको सङ्ख्यामा कमि आएका कारण पनि अघिल्ला वर्षहरुको तुलनामा रेमिट्यान्समा पनि कमि आएको विश्व बैंकले जनाएको छ ।

नेपालले धेरै रेमिट्यान्स भित्राउने मध्ये चौथो मुलुक अमेरिका हो । सन् २०१८ को तथ्यांकलाइ हेर्ने हो भने ५७ करोड २० लाख डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै कुवेतबाट ३० करोड १० लाख डलर, अष्टे्रलियाबाट २१ करोड ६० लाख , बेतायतबाट २० करोड १० लाख डलर, दुबइबाट १३ करोड ६० लाख डलर, बङ्गलादेशबाट ९ करोड १० लाख डलर तथा हङकङबाट ४ करोड १० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको विश्व बैंकको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?