नवनियुक्त श्रममन्त्री भन्छन्, ‘स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्छु’

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने बताउनुभएको छ ।

बिहीवार अपराह्न मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री यादवले वैदेशिक रोजगारीको व्यवस्थापन गनरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा नहुने बताउनुभयो ।

उहाँले स्वदेशमा पर्याप्त रोजगारी नहुञ्जेल वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस अघिका श्रम मन्त्री गोकर्ण विष्टले गरेका राम्रा कामलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?