समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्छु : नवनियुक्त उद्योग मन्त्री भट्ट

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सिंहदरबार स्थित मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

दोस्रो पटक उधोग मन्त्रलाय सम्हाल्न पुग्नुभएको उहाँले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदभार ग्रहण गर्दे उहाँले, अब पुरानो ढर्राले अघि बढन् नसकिने साथै समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नवनियुक्त मन्त्री भट्टले यसभन्दा अघि डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्रीको पद सम्हालिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?