मन्त्रालयमा विष्टको अन्तिम पत्रकार सम्मेलन : खाडीमा पसिना बगाइरहेका युवा नठगिउन्

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पदबाट हटेपछि मन्त्रालयमा अन्तिम पत्रकार सम्मेलन गर्नुभएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताको काम गर्दा चौतर्फी कठिनाइ आउँछ भन्ने कुरामा आफु पहिल्यै जानकार रहेको बताउनुभयो ।

उहाँले पत्रकारसँग भने, ‘केही सुधारका कदम उठाइरहेको बेला जनता र देशको हितमा काम गर्नु कठिन छ भन्ने कुरा महसुस गरेको थिएँ।’ विष्टले मन्त्रीमण्डल पुनर्गठनतर्फ हाे कि अरू कुनै कारणमा संकेत गरेकाे हाे, त्याे भने खुलाउनुभएन ।

उहाँले नेपाली युवाहरु खाडीमा पसिना बगाइरहेको बताउँदै मन्त्रालयको मुख्य कर्तव्य जहिले पनि ती युवाहरु नठगिउन्, ठगिएका युवालाई मद्दत गर्नु भएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा धेरै सुधारका प्रयास थालेको पनि जनाकारे दिनुभयो ।

विष्टले सो क्रममा मन्त्रालयमा श्रमिकको पक्षमा काम गर्दा सहयोग पुर्याउने कर्मचारीहरुलाई समेत धन्यवाद दिनुभयो ।

मन्त्री विष्टको कार्यकालमा भएका केहि कार्यहरु
१. रोजगार व्यवस्थापन सूचना प्रणालीको संचालन

२. बैदेशिक रोजगार व्यवस्थापन

३. उजुरी फछ्र्यौट नगर्ने म्यानपावर एजेन्सी खारेज

४. मागपत्रहरूको स्वीकृति नियोगहरूबाट मात्रै र अनिवार्य हुनुपर्ने व्यवस्था लागू

५. सातै प्रदेशबाट पुन:श्रम स्वीकृति लिन सकिने व्यवस्था

६. मलेसियाको रोजगारीमा थपिँदै गएको खर्च तथा सिण्डिकेटको अन्त्य

७. विभिन्न देशहरूमा श्रम सम्झौता

८. ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र संचालनमा

९. बेरोजगार व्यक्तिहरुको सूचीकरण

१०. श्रम रोजगार सम्मेलन आयोजना

११. श्रमको सम्मान राष्ट्रिय अभियान शुरु

१२. ११ वटा श्रम कार्यालयहरुको विस्तार

१३. व्यवसायाजन्य स्वास्थ्य तथा सुरक्षा केन्द्रको स्थापना

१४. केन्द्रीय श्रम सल्लाहकार गठन

१५. इट्टा भट्टामा बालश्रमको अन्त्य

१६. नीतिगत सुधारका लागि विभिन्न कार्यदल गठन गरि प्रतिवेदन कार्यन्वयनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?