वन कार्यालयमा चौध मुद्दा दर्ता

काठमाडौँ, १ माघ – जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँ आखेटोपहारको हव भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुका अवशेष र जडीबुटी पक्राउ पर्ने गरेको बए । “मूल्य नै थाहा नपाइकन धेरै मूल्य पाउने आशमा मानिसले अवैधरुपमा ओसारपसार गरिरहेका छन्”, उनले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र उपत्यकाका विभिन्न प्रहरी वृत्तबाट पक्राउ धेरै हुने गरेको छ । जिल्ला वन कार्यालय काठमाडौँमा गत वर्षमा ६७ मुद्दा दर्ता भएकामा २३ मुद्दा जिल्ला अदालत काठमाडौँमा पठाइएको र बाँकी ४४ मध्ये २७ वटा फैसला भएका तथा १७ वटा फैसला हुने क्रममा रहेको दाहालले जानकारी दिए कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार एक वर्षभन्दा बढी कैद सजाय हुने मुद्दालाई जिल्ला अदालत पठाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?