सुनको मुल्यमा एक सय रुपैयाँले गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा एक सय रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला छापावाला सुनको मुल्य ७२ हजार १ सय रहेको थियो । तर आज मुल्यमा कमि आइ ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ७ सय रहेको पनि महासंघले जनाएको छ ।

साथै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले कमि भएको छ । बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ६५ रहेकोमा आज मुल्यमा कमि आइ प्रतितोला ८ सय ६० कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?