नवनियुक्त कुन मन्त्रीको वरियता कति ?

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति पाएका हृदयश त्रिपाठीले छैटौँ बरियता पाएका छन् । उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

यस्तै नवनियुक्त मन्त्रीहरु घनश्याम भुसालको वरियता नवौँ, लेखराज भट्टको ११ औँ, रामेश्वर राय यादवको १४ औं, बसन्त कुमार नेम्वाङको २१ औँ र पार्वत गुरुङको २२ औं वरियता कायम गरिएको छ ।

यस्तै राज्यमन्त्री बनेकाहरु मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरको क्रमशः २३ औँ, २४ औँ र २५ औँ वरियता कायम गरिएको छ । ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?