समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश लिन आवेदन खुल्यो

काठमाडौं, १ माघ । सरकारले स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश लिनका लागि आवेदन मागेको छ ५० वर्ष उमेर पूरा भएको कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा फागुन १३ गतेभित्र सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछन् । सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीहरुसँग निवेदन माग गरेको हो कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका सरकारी कर्मचारीहरुले निवेदन दिन सक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ अवकाशमा जान चाहने कर्मचारीले निवेदनका साथमा निजामती किताबखानाको पीआईएस विवरण र शुरुको नियुक्ति पत्रको फोटोकपी स्वयंले प्रमाणित गरी संलग्न गर्नुपर्नेछ स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् भने त्यसपछि पनि प्रचलित काननुन अनुसार निवृत्तभरण पाउनेछन् सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम समेत पाउनेछन् स्वास्थ्य, संसद सेवा र २०४९ कात्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र त्यसपछि निजामती सेवामा प्रवेश गरेका कर्मचारीको हकमा ५८ वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि थप गरी पेन्सनको लागि जम्मा सेवा अवधि कायम गरिनेछ स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मिति नै उसले अवकाश पाएको मिति मानिने छ भने निवेदन दिएपछि अवकाश प्रक्रियाबाट फर्किन पाइनेछैन निलम्बनमा रहेका, विभागीय कारबाही प्रक्रिया शुरु भएका र अध्ययन विदामा रहेका कर्मचारीहरुले भने स्वेच्छिक अवकाश लिन पाउनेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?