सिटीको अपराजित यात्रामा पूर्णविराम, लिभरपुलसँग ४–३ ले पराजित

काठमाडौं, १ माघ । इङलिस प्रिमियर लिग फुटबलको जारी सिजनमा म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ आइतबारराति भएको खेलमा म्यान्चेस्टर सिटी लिभरपुलसँग ४–३ ले पराजित भएको हो लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन अक्सलेड चेम्बरलिन, रोबर्टो फिर्मिनो, सादियो माने र मोहमद सालाहले एक–एक गोल गरे म्यान्चेस्टर सिटीका लागि लोरी साने, बर्नार्डो सिल्भा र ईके गुन्डोगानले एक–एक गोल गरेका थिए प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई बर्नमाउथले हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा आर्सनलका हेक्टर बेलेरिनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर घरेलु टोली बर्नमाउथका क्यालम विल्सन र जोर्डन आईबले एक–एक गोल गरेपछि आर्सनल पराजित भएको हो गएरातिका खेलपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ६२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै छ भने दोस्रो, तेस्रो र चौथो स्थानका म्यान्चेस्टर युनाईटेड, लिभरपुल र चेल्सीको समान ४७ अंक छ ४४ अंकसहित टोटनह्याम पाँचौ स्थानमा छ भने ३९ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?