मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्ची, १ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक सुरेन श्रेष्ठले बताए माघ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि अहिलेसम्म सात टिमले सहभागिता जनाएको र सहभागिताको लागि टिम आउने क्रम जारी रहेको श्रेष्ठले जानकारी दिए कार्यक्रमा प्रथम, द्धितीय, तृतीयलाई शिल्ड, मेडल प्रमाणपत्रसहित क्रमशः नगद रु ६० हजार, ३५ हजार र १५ हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डरसहित सर्वा्धिक गोलकर्तालाई कप प्रमाणपत्रसहित नगद रु तीन हजार प्रदान गरिने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?