सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमतीको जागिर

काठमाडौँ, १ माघ — अहिलेको संविधानअनुसार लोकसेवा आयोगको संलग्नताबिना सरकारी कर्मचारी छनोट हुन सक्दैनन् । तर यसअघि घुमाउरो बाटो प्रयोग गरेर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत कर्मचारी र नेताले आफन्तलाई जागिरमा छिराएका छन् । यसका लागि सुरुमा करार नियुक्ति गरेर त्यसपछि सीमित आन्तरिक प्रतियोगितामार्फत स्थायी गरिन्छन् सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता र ३१ जोडी श्रीमान्–श्रीमती भएको खबर कान्तिपुरमा छापिएको छ | पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन् लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइराला भन्छन्, ‘यसअघि सम्बन्धित संस्थाले नै कर्मचारी छनोट गरेका हुन्, अहिलेको संविधान जारी भएपछि मात्र हामीले हेर्न थालेका हौं । अब लिखित परीक्षा हामी लिन्छौं, अन्तर्वार्ता मात्रै उनीहरूले गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?