लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतमा संचालन

काठमाडौं । लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । ११७ औँ शाखाको रुपमा सुर्खेतको छिञ्चुमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

यसका साथसाथै बैंकको ४८ जिल्लामा ११७ वटा शाखा, १४२ एटिएम, २ एक्सेन्शन काउन्टर , ४ हस्पिटल सेवा काउन्टर, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु राखि ग्राहकको लागी सेवा प्रदान गर्दै आएको छ ।

नयाँ शाखा सञ्चालन गरि ग्राहकहरुलाइ थप सेवा प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । साथै आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु-याउने लक्ष्य पनि बैंकले राखेको जनाएको छ ।

मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सुविधाजनक बचत खाता योजना, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सञ्जाल बिस्तार गर्दै सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?