काठमाडौँ, १ माघ- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने देखिएपछि उनीहरूलाई उम्मेदवार नबनाउन सभापति शेरबहादुर देउवामाथि दबाब बढाइएको खबर नयाँ पत्रिकामा छ ‘विगतमा समानुपातिकमा परेका नेतालाई यसपटक पनि राखिएकोमै धेरै विरोध छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले पनि दोहोरिँदा असन्तुष्टि थियो । फेरि पनि उम्मेदवार भएकालाई पुनः उम्मेदवार नबनाउन केन्द्रीय समिति र बाहिरबाट दबाब आएको छ ।’निर्वाचनमा पार्टीको नतिजा कमजोर भए पनि यसपटक नयाँलाई उम्मेदवार बनाउन दबाब परेकोे ती नेताले बताए । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ कांग्रेसका आकांक्षीप्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेतप्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादवप्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडाप्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मीप्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइरालाप्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठप्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया